काठमाडौं ३० असार । नेपाली काग्रेस र नेकपा एमाले बिच मन्त्रालय भागबण्डामा सहमति भएको छ । दुई दल बिचको छलफलमा कुन मन्त्रालयले कुन पाटीले लिने भन्नेमा सहमति भएको एमालेका उपमहासचि प्रदिप ज्ञवालीले बताउनुभयो । कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएअनुसार मन्त्रालयको भागबण्डा पनि टुङगिएको उहाँको भनाई छ ।
ज्ञवालीका अनुसार नयाँ बन्न लागेको सरकारमा गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, उर्जा, जलस्रोत तथा सिँचाइ, कानून, न्याय तथा संसदीय मामिला सम्हाल्नेछ । त्यस्तै एमालेले अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिने भएको हो ।
बाँकी मन्त्रालयमा साना दल जसपा, जसपा नेपाल, लोसपा र जनमतलाई ल्याउने गरी राख्ने तयारी भएको छ । बाँकी रहेका मन्त्रालयमा साना दललाई ल्याउने गरी तत्कालका लागि खाली राखिएको छ । दुई ठूला दल काग्रेस र एमाले बिचको गठबन्धन प्रधानमन्त्री बन्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार (भोली) विहान ११ बजे पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भइसकेको छ ।