Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने


959
Shares

साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने

काठमाडौ, २६ असार । साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबार प्रवेशलाई सहज बनाउन अनलाइनमार्फत विद्युतीय पासको व्यवस्था गरिने भएको हो । प्रवक्ता भट्टराईले भन्नुभयो, “जसले कम्प्युटर चलाएर अनलाइनबाट एप्लाई गरेर पास लिनसक्नुहुन्छ, उहाँहरु त्यो पास लिएर आउन सक्नुहुन्छ । नसक्नेहरुलाई अहिले पुरानै सिस्टम पनि यथावत् छ ।”

उहाँका अनुसार गृह मन्त्रालयसँग सम्बन्धित वेबासाइट घरमै लगइन गर्ने, पासका लागि फारममा परिचय पत्रलगायतका आवश्यक विवरण भर्ने र स्वीकृत भएपछि त्यसको तस्विर वा स्क्रिनसट लिएर सिंहदरबार प्रवेश गर्न सकिनेछ । यसका लागि स्मार्ट युजरको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सिंहदरबार प्रवेश पासलाई सहज बनाउन यसो गरिएको छ । जसले कम्प्युटरमा एप्लाइ गरेर पास लिन सक्नुहुन्छ, उहाँलाई स्मार्ट युजर भनेका छौं । अरुलाई अर्डिनरी युजर भनेका छौं ।”सुरक्षालाई थप व्यवस्थित गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा उहाँले सुरक्षा व्यवस्थाका लागि प्रवेश पास सँगसँगै नियमित चेकजाँच यथावत् हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुयो, “सुरक्षाको कुरा पुरानै हो । प्रहरीबाट चेकजाँच त्यो त चाहियो नै तर नयाँ सिस्टमबाट यहाँ काम भएर आउने मान्छेलाई सजिलो होस् भनेर यसो गरिएको हो ।”उहाँले यसरी अनलाइनमार्फत प्रवेश पास लिन झन्झटिलो प्रक्रिया नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, “गृह मन्त्रालयको वेबसाइटमा जाने । लग इन गर्ने, पासका लागि रिक्वेष्ट गर्ने । कसलाई भेट्ने हो रु कति बजे भेट्ने हो , ? सबै कुरा फिल अप गर्ने । अनि यता सम्बन्धित मन्त्रालयको व्यक्तिले एप्रुभ गर्नुहुन्छ । भेट्न चाहने व्यक्ति व्यस्त हुुनुहुन्छ भने व्यस्त भनेर लेखिदिनुहुनेछ । अनि जुन दिन समय मिल्छ त्यही दिन पास बोकेर आएर भेट्न सकिनेछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology