Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अंश विवादमा आमाको हत्या आरोपमा छोरा पक्राउ


2.1K
Shares

अंश विवादमा आमाको हत्या आरोपमा छोरा पक्राउ

वीरगञ्ज,२३ असार । अंश विवादमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ पथरा टोल बस्ने मनोज साह छन् ।

पक्राउ परेका साहले जेठ ५ गते बिहान दाजुभाइबीचको अंश विवादका कारण ६९ वर्षीयन आामा राधादेवी साहको टाउकोमा लोहोरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरी फरार रहेका साहकी श्रीमती, आफन्त तथा परिवारका अन्य सदस्यसित सम्पर्क गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

सोही क्रममा फरार रहेका उनी जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका साहलाई कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology