काठमाडौं, २२ असार । पहिरोमा परेर गोरखाका एक युवकको मृत्यु भएको छ । अविरल वर्षापछि गएको पहिरोमा परेर काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
शनिबार विहान ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा बिक पहिरोमा पर्नुभएको हो । किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएको थियो । उहाँको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।