Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो


1.8K
Shares

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौँ, २० असार । आज एकैदिन सूनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सूनको मूल्य तोलामा १६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो । गत शुक्रबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ ।

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology