Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ


2.6K
Shares

६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं, १९ असार । अर्घाखाँचीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका ६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामीमगर पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो ।

आइतबार असार १६ बालिकामाथि बलात्कार भएको उजुरी छ। उजुरी आउनसाथ उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी निरीक्षक दिप्रेन्द्र रावलले जानकारी दिनुभयो ।

ुउजुरी आउनेबित्तिकै हामीले आरोपित व्यक्तिलाई पक्राउ गरेका हौुं प्रहरी निरीक्षक रावलले भने, थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology