Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मिलन चाम्सको ‘वर एण्ड वधु’ भदौ १४ मा रिलिज हुने


3.6K
Shares

मिलन चाम्सको ‘वर एण्ड वधु’ भदौ १४ मा रिलिज हुने

काठमाडौं,१९ असार । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड वधु’ को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी भदौ १४ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यको शीर्ष भूमिका छ । विवेकको यो डेब्यु फिल्म हो । फिल्ममा गरिमा शर्मा, बिजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्शु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायत कलाकारको पनि मुख्य भूमिका छ ।

फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा सुदीप बरालको छायांकन र हिमाल केसीको एक्सन छ ।

फिल्म ‘वर एण्ड वधु’ ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो । फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology