Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कांग्रेसले पनि माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा


2K
Shares

कांग्रेसले पनि माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौ, १९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । नयाँ सरकार गठनका लागि नेकपा एमालेसँग सहमति जुटेसँगै बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो ।

एमालेले मंगलबार नै प्रधानमन्त्रीलाई आजसम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरिसकेको छ । तर, प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिने अडानमा छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले नै राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।v

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology