काठमाडौं, १९ असार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । करोपोरेसनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुन प्रतिकेजी ४ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूचीअनुसार प्रतिकेजी २२ रुपैयाँ पर्ने आयो नुनलाई अव उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ भने थोक बिक्री मूल्य २३ रुपैयाँ रहेको छ। त्यसैगरी न्यू शक्ति नुन थोक बिक्री मूल्य १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ रहेको छ । साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ ।