Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा नाबालिका यौन दुब्र्यवहार गरेको आरोपमा एक जना पक्राउ


2.4K
Shares

गोरखामा नाबालिका यौन दुब्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरखा, १७ असार । गोरखा सदरमुकाममा नाबालिकालाई यौन दुब्र्यवहार गर्ने १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–९ आरुचनौटे, बगैंचा घर भई गोरखा नगरपालिका–७ बस्ने श्याम परियार भएको प्रहरीले पुष्टी गरेको हो ।

पक्राउ परेको परियारले चैत्र १९ गते राती ८ः३० बजेको समयमा ‘उ कुमारी’ नाम परिवर्तन भएकी १६ बर्षिया बालिकालाई संवेदन शिल अंगहरुमा समाउने तथा सुमसुमाउने गरी यौन दुब्र्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पिडित महिलाको परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गरे लगत्तै प्रहरीले श्यामलाई असार १४ गते बिहीबार गोरखा सदरमुकामबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका उनी बिरुद्व प्रहरीले बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्वा दर्तागरी असार १६ गते आइतबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

आरोपित श्यामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology