Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

११ महिनामा गोरखा दरबार संग्रालय अबलोकन गर्नेको संख्या करिब १ लाख १५ हजार पुग्यो


2.3K
Shares

११ महिनामा गोरखा दरबार संग्रालय अबलोकन गर्नेको संख्या करिब १ लाख १५ हजार पुग्यो

गोरखा, १७ असार । बिगत ११ महिनामा करिब १ लाख १५ हजार मानिसले गोरखा सदरमुकाममा रहेको गोरखा दरर्बार संग्रालयको अवलोकन गरेका छन् । ०८० साल साउनदेखी ०८१ साल जेठसम्म १ लाख १४ हजार ३४४ जना स्वदेशी तथा विदेशीहरुले संग्रालयको अवलोकन गरेका हुन् ।

उक्त अवधिमा सबैभन्दा बढी भने ०८० साल मंसिर महिनामा १७ हजार ७८१ जनाले अवलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले बताउनुभयो । सबैभन्दा कम भने भाद्र महिनामा ४ हजार ८४९ जनाले अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।

अवलोकन गर्न आउने मध्ये सार्क राष्ट्रका १४१ जना छन् भने १ हजार ४९५ जना विदेशीले संग्रालयको अवलोकन गरेका छन् ।

संग्रालय भित्र तात्कालिन गोरखा राज्यको महत्व झल्किने ऐतिहासीक, पुरातात्विक, आर्थिक तथा संस्कृती झल्कने खालका सामाग्रीहरु रहेका छन् । सोही अवधीमा ३४ हजार ७८९ जना नेपाली बिद्यार्थी र ७७ हजार ९१९ जना नेपालीहरुले संग्रालयको अवलोकन गरेका थिए ।

११ महिनाको अवधीमा संग्रालय अवलोकन गर्नेहरुबाट २६ लाख १० हजार ३९६ रुपैयाँ राजश्व समेत आम्दानी गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो।

कुल ६८ रोपनी क्षेत्रफलमा फैलिएको संग्रालय अवलोकका लागि बिद्यार्थीहरुले १० रुपैयाँ तथा सर्व साधारण नेपालीहरुले २५, सार्क राष्ट्रकाले ५० र अन्य विदेशी मुलुकका नागरिकहरुले १०० रुपैयाँ शुल्क तिनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology