Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्करी, २५ जना पक्राउ, केही अझै फरार


2.1K
Shares

करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्करी, २५ जना पक्राउ, केही अझै फरार

काठमाडौं, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो पटक भएको सुन तस्करीको अनुसन्धान सकिएको जनाएको छ । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । ब्युरोका प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले विगत चार महिनाको कडा मेहनत र परिश्रमबाट अनुसन्धान निष्कर्षमा पुगेको बताउनुभयो ।

फिल्डमा अनुसन्धानको नेतृत्व गरेका डिएसपी सुन्दर तिवारीले ६० किलो सुन बरामद भएपछिको अनुसन्धानका क्रममा निकै ठूलो परिमाणमा तस्करी भएको पत्ता लागेको बताउनुभयो ।

उनका अनुसार ६० किलो तस्करी गर्ने विभिन्न समूहले ३ हजार १९४ किलो सुन तस्करी गरेको पाइएको छ । उक्त सुनको मुल्य ३० अर्ब ८२ करोड २२ लाख भन्दा धेरै हुने ब्युरोले जनाएको छ ।

सीआइबीले यो तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेको र तिमध्ये २४ जना पूर्पक्षका लागि थुनामा रहेको जानकारी समेत दिएको छ । तस्करीमा संलग्न केही व्यक्ति अझै फरार छन् ।

तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न भएको पाइएको छ । अनुसन्धानकै क्रममा एक नेपालीले आत्महत्या गरेका छन् । चिनियाँ नागरिकसँग सम्पर्क गरी सुन नेपाल ल्याउने गुम्बु भन्ने गाम्बा शेर्पाले आत्महत्या गरेका थिए । उनको मोबाइलबाट अनुसन्धानमा धेरै सहयोग सीआइबीले जनाएको छ ।

तस्करीपछि रकम भुक्तानीका लागि विभिन्न अनलाइन पेमेन्ट कम्पनीलाई प्रयोग गरिएको पाइएको सीआइबीले जनाएको छ । ब्रेक शुमा ३६२ किलो र अन्य विभिन्न इलेक्ट्रोनिक्स सामानमा लुकाएर २८३१ किलो सुन तस्करी भएको पाइएको छ । तस्करले विभिन्न सप्लायर्स कम्पनीलाई पनि यसमा संलग्न गराएका थिए ।

डिएसपी तिवारीले तस्करीका कतिपय नाइके विदेशमा रहेको र उनीहरुलाई पक्राउ गर्न डिफ्युजन नोटिस समेत जारी भइसकेको जनाए ।

सीआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबीसहित मुद्दा दायर गर्न सुझाव दिएको छ । यसमा ठूलो अंश भुक्तानीका लागि प्रयोग गरिएका पेमेन्ट कम्पनीको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology