काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिरहँदा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।
ओली र देउवाबीच करिब ३ घण्टा वार्ता भएको थियो ।
ओली–देउवा भेटपछि प्रचण्डले पनि आफूनिकट नेताहरूसँग परिस्थितिको विश्लेषण गरेका थिए । पछिल्लो चलखेलबारे रवि लामिछानेलाई पनि माओवादी नेताहरूले बुझ्न खोजेका छन् ।