Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बलात्कार आरोप लागेका पर्साका मुकेश हजरा पुर्पक्षका लागि गोरखा कारागार चलन


2.1K
Shares

बलात्कार आरोप लागेका पर्साका मुकेश हजरा पुर्पक्षका लागि गोरखा कारागार चलन

गोरखा, १५ असार । नाबालिका बलात्कार आरोप लागेका पर्साका १ जना युवकलाई पुर्पक्षका लागि गोरखा कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पर्सा जिरा भवानी गाउँपालिका–५ बस्ने २० बर्षका मुकेश हजरा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनका अनुसार आरोपित हजराले १६ बर्षिया बालिका ‘ई कुमारी’ नाम परिवर्तनलाई जेठ २२ गते राती १२ बजेको समयमा उनकै कोठामा बलात्कार गरेको आरोप लागेको हो ।

प्रहरीका अनुसार नाबालिका सुतिरहेको कोठामा प्रवेश गरी बलजफ्ती समाती बोल्न कराउन नदिई मुख थुनी बलात्कार गरेको भन्दै पिडीत मार्फत प्रहरीमा किटानी जाहेरी परे लगत्तै हजरालाई जेठ २३ गते पक्राउ गरीएको थियो ।

पक्राउ परेका हजरालाई प्रहरीले जेठ २४ गते जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयबाट राय सहित असार १४ गते शुक्रबार गोरखा जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology