Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा गाई हत्या आरोपमा एक जना पक्राउ


2.6K
Shares

गोरखामा गाई हत्या आरोपमा एक जना पक्राउ

गोरखा,१५ असार । गोरखाको आरुघाट क्षेत्रबाट प्रहरीले गौ हत्या आरोपमा १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ घर भएका ‘हाउडे’ भन्ने सविन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

हाउडेले आरुघाट गाउँपालिका–९ आरुचनौटको सुन्दर बस्तीका आईत सिंह बिकको गोठमा बाँधी राखेको गाईलाई असार १३ गते बिहीबार बिहान ३ बजेको समयमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित हाउडेले आईत सिंहको गाई आरुघाट गाउँपालिका–९ आरुचनौटेको बुढी गण्डकी नदी किनारमा लगि खुकुरी र दाउले हानमार गरेर हत्या गरेका थिए । प्रहरीले बुढी गण्डकी नदी किनारबाट गौ हत्यामा प्रयोग भएको खुकुरी र दाउ समेत बरामद गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय आरुघाट बाट खटिएको प्रहरीको टोलीले हाउडे भन्ने सविन बिकलाई सोही दिन पक्राउ गरी असार १४ गते शुक्रबार पशुपंक्षी सम्बन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरातमा राखेर अनुसन्धा सुरु गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology