Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार


1.3K
Shares

पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार

काठमाडौं, १३ असार । नेपाल पत्रकार महासंघको यही असार २२ गते हुने निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।

त्यस्तै शनिबार राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी विरोध शनिबार राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ ।

उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology