गोरखा, १२ असार । पर्यटक र पथप्रर्दशकका लागि पदमार्गको पहिचानमा सहयोग पु¥याउन उत्तरी गोरखाको मनास्लु पदमार्गमा ‘मार्किङ पोल’ राखिएको छ । मनास्लु पदमार्ग अन्र्तगत पर्ने माथिल्लो मनास्लु पदमार्गको लार्के बजारदेखि मनाङको भिमथाङसम्म पुराना मार्किङ पोल’ मर्मतसंगै नयाँ थप गरिएको मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवनराज ओझाले जानकारी दिनुभयो ।
‘‘स्वदेशी तथा बिदेशी पर्यटकलाई बाटो पहिल्याउन सहज होस् भन्ने उद्देश्यले ‘मार्किङ पोल’ थप गरिएको हो, उहाँले भन्नुभयो, ‘‘ यसअघि राखिएका ‘मार्किङ पोल’ ठाउँठाउँमा ढलेका तथा भाँचिएकाले पर्यटकलाई आउजाउमा समस्या हुने भएकाले आवश्यक पर्ने ठाउँमा नयाँ पोल थप गरिएको हो ।’’ उहाँले मर्मत गर्न मिल्ने ‘मार्किङ पोल’ मर्मतसम्हार गरिएको र नमिल्ने स्थानमा नयाँ ‘मार्किङ पोल’ राखिएको बताउनुभयो ।
मनास्लु संरक्षण क्षेत्रमा यसअघि राखिएका एक सयवटा पोल मध्ये १३ वटा हराएका थिए । मनास्लु पदमार्गमा यसपटक २१ वटा ‘मार्किङ पोल’ थप गरिएको छ । ‘‘नयाँ पोल थप गरिएसंगै मनास्लु पदमार्गमा मनाङको भिमथाङसम्म मार्किङ पोल’ को व्यवस्था भएको छ, अधिकृत ओझाले भन्नुभयो, ‘‘अहिले प्रत्येक १०० मिटरको उचाईको फरकमा पोल राखिएकोले पर्यटकलाई सजिलो भएको छ ।’’
मार्किङ पोलमा उचाई मापन प्लेट पनि राखिएको छ । ‘मार्किङ पोल’को व्यवस्था भएसंगै पर्यटकलाई आफु पुगेको गन्तव्यको इचाईको र जाने पदमार्गको अध्ययन गर्न सहज हुनेछ । अधिकृत ओझाले लार्के बजारदेखि लार्केपाससम्म ६५ वटा र पासदेखि भिमथाङ बजारसम्म ४३ वटा पोल राखिएको जानकारी दिनुभयो ।
बाटो देखाउनका लागि पदमार्गमा राखिएको ‘मार्किङ पोल’ कतै ढलेको र कतै भाँचएिका कारण यसअघि हिमपातका बेला पर्यटक र पथपर्दशकलाई गन्तव्यमा पुग्न कठिनाइ हुँदै आएको थियो । हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रर्दशकले ‘मार्किङ पोल’ को सहायता लिनुपर्छ, लामोसमयदेखि पदप्रर्दशकको रुपमा काम गर्दै आउनु भएका सूर्य खनालले भन्नुभयो, ‘‘मार्किङ पोल राखेपछि अव सहज हुने भएको छ ।’’
विदेशी पर्यटकको अत्याधिक रोजाईमा पर्ने गरेको मनास्लु पदमार्गमा दैनिक सयौ पर्यटकले पदयात्रा गर्ने गर्दछन् । राससले गएको बैशाख २७ गते ‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।