Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पहिरोका कारण याङ्वरकमा ९६ परिवार विस्थापित


1.5K
Shares

पहिरोका कारण याङ्वरकमा ९६ परिवार विस्थापित

पाँचथर,९ असार । बाढी पहिरोको जोखिम बढेसँगै पाँचथरको याङ्वरक गाउँपालिकाका २ वटा वडाबाट ९६ घर परिवार विस्थापित भएका छन । वडा नम्बर ३ मा ५४ र वडा नम्बर २ मा ४२ घरका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण याङ्वरकमा ९६ परिवार विस्थापित

निरन्तरको वर्षासँगै गत असार २ गतेदेखि अहिलेसम्म गरी २ वडाका ९६ घरपरिवार विभिन्न स्थानमा आश्रय लिइरहेको वडा नम्बर ३ का अध्यक्ष विमल राईले बताए । राईका अनुसार वडा नम्बर–३ ओयाम र वडा नम्बर–२ फलैंचाका वडा नम्बर–१ च्याङथापुमा रहेका अधिकांश घर पहिरोको जोखिममा रहेका छन् ।

उनका अनुसार ओयामको सामाखु,चोथ्रोक,फाक्लुङ र वडा नम्बर २ को सेरेजालगायतका स्थानमा पहिरो गएको छ । जोखिम रहेको स्थानका नागरिकलाई नजिकै रहेका सुरक्षित बस्ती र आफन्तका घरमा सारिएको छ । पहिरोका कारण ओयामदेखि च्याङथापु जोड्ने मध्य पहाडी राजमार्गसहित सहायक सडकमा क्षति पुगेको छ । बाढीले ओयाम खोला र फलाम खोलाका पक्की पुल बगाउँदा च्याङ्थापु –ओयाम आवागमन ठप्प प्रायः छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले त्यस क्षेत्रका ४९ घर परिवारलाई प्रारम्भिक राहत दिनुका साथै क्षतिको विवरण संकलन गर्न थालिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology