सन्दिप सुनार
अषाढ ९, नागोया जापान । नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापान, च्युबू मिए क्षेत्रीय समितिको आयोजनामा संगठनात्मक सुदृढिकरण सँगै बार्बेक्यू कार्यक्रम सम्पन्न भएको छ। शनिवार नागोयाको इचिनोमिया स्थित ओनो पार्कमा कार्यक्रम सम्पन्न भएको हो। आन्तरिक संगठन सुदृढिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मञ्चका क्षेत्रीय इन्चार्ज हरीदोङ तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै राजनैतिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको र आगामी दिनमा अझै कटिबद्ध र एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु पर्ने प्रमुख अतिथि पार्टी एशिया प्रदेश का सह(संयोजक डा। भूपालमान श्रेष्ठले बताउनु भयो । संगठनलाई चलायमान र शशक्त बनाऊन लागि सबैले आफ्नो ठाँउबाट भुमिका खेल्नु पर्ने उहाको भनाई थियो । उहाँले संगठनका गतिबिधि बाहेक जापानमा हुने अन्य गतिबिधि , जापान सरकारका परिवर्तन भइरहने नीति नियमसँग पनि जानकार रहनु पर्ने बताउदै सरकारले यही जून महिनाबाट लागू गरेको आम्दानी र पारिवारिक संख्याको आधारमा निश्चित रकम कर कटौती ९तेईगाकुगेनजेई०को बारेमा जानकारीमूलक बिसयबस्तु प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै संगठनका एशिया प्रदेश सदस्य तथा जापानका इन्चार्ज सालीकराम भण्डारीले बैचारिक प्रशिक्षण दिनु हुदै संगठनले दिएको जिम्मेवारी पुरा गर्न सबै एकजुट भई लाग्नु पर्ने जिकिर गर्नु भयो । आधा आकाश ढाक्ने महिलाहरूलाई राजनीतिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउन सकिएमात्र उपलब्धि हासिल गर्न सकिने संगठनकी एशिया प्रदेश महिला संयोजक कालिका थापाले बताउनु भयो ।
त्यसैगरी संगठनको जापान अध्यक्ष मोहन पौडेलले प्रवासमा रहेका सबै नेपालीहरूलाई एकताबद्ध बनाएर लगिने र जापानमा रहेका विशेष गरि बिद्यार्थी, डिपेण्डेन्ट, कुक लगायतका समस्या समाधान गर्न हेल्पडेस्क बनाएर अगाडि बडीरहेको र सहयोग गरिरहेको उहाको भनाई थियो । कार्यक्रम च्युबु मिए क्षेत्रीय समितिका अध्यक्ष रन्जित गौतमको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रम मनोरन्जनात्मक सँगै सांगठनिक रूपमा उपलब्धिमुलक र भव्यताका साथ सम्पन्न भएको अध्यक्ष गौतमले बताउनुभयो ।