Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बुढीगण्डकी आयोजनालाई बहुउद्देश्सीय आयोजनाकै रुपमा अगाडी बढाउनुपर्छ : डा.भट्टराई


1.8K
Shares

बुढीगण्डकी आयोजनालाई बहुउद्देश्सीय आयोजनाकै रुपमा अगाडी बढाउनुपर्छ : डा.भट्टराई

गोरखा, ८ असार  । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनालाई बहुउद्देश्सीय आयोजनाकै रुपमा अगाडी बढाउनुपर्ने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अहिलेकै अवस्था रहीरहे आयोजना निर्माणको काम अलपत्र पर्नसक्ने खतरा रहेको समेत उहाँले औल्याउनुभयो ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बुढीगण्डकी बहुउद्देश्सीय आयोजनाको रुपमा बन्नै नसक्ने अध्यक्ष भट्टराईको दावी छ । ‘‘प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्सीय आयोजनाको परिकल्पना गरेका छौ, त्यो सम्भव छैन, उहाँले भन्नुभयो, ‘‘यो बिषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।’’

बुढीगण्डकीलाई बहुउद्देश्सीय आयोजनाको रुपमा अगाडी बढाउन बुढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘‘बुढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडी बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको रुपमा बन्छ, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘‘नत्र हामीले परिकल्पना गरिए अनुसार आयोजना बन्नै सक्दैन ।’’

अध्यक्ष भट्टराई बर्तमान सरकारले पनि बुढीगण्डकी आयोजना निर्माणको काम अगाडी बढाउन नचाहेको समेत बताउनुभयो । ‘‘मुख्य परियोजना बुढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ, पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘‘प्रधानमन्त्री प्रचण्ड नै कुनै न कुनै रुपमा नौ बर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडी बढाएको देखिएन् ।’’

गोरखालाई विकास र सम्बृद्धिको मोडलको रुपमा अगाडी बढाउनुपर्ने आफ्नो चाहाना रहेको भएपनि आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि केन्द्र सरकारले बिनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताउनुभयो । झट्टहेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भएपनि टुक्रे योजना मात्र परेको उहाँको भनाई छ ।

‘‘गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने र संगसंगै यहाँको ऐतिहासिक, साँस्कृतिक क्षेत्रलाई जोडर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहासिक पर्यटनको जुन बढी सम्भावना छ, उहाँले भन्नुभयो, ‘‘यसलाई मिलाएर एकिकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भएपनि कुनेपनि सरकारले काम गरेन ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology