Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा गएको ११ महिनामा करिब १० हजार सवारी कारवाहीमा, करिब ८० लाख राजश्व संकलन


1.6K
Shares

गोरखामा गएको ११ महिनामा करिब १० हजार सवारी कारवाहीमा, करिब ८० लाख राजश्व संकलन

गोरखा, ७ असार । गोरखा जिल्ला भर गएको ११ महिनामा करिब १० हजार सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ७७ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनकारी दिएको हो ।

०८० साल साउनदेखी ०८१ सालको जेठ मसान्तसम्म सबै प्रकारका सवारीहरु गरी कुल ९ हजार ५४४ सवारी साधान कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

कारवाहीमा परेका मध्ये सबैभन्दा धेरै भने दुई पाग्रे सवारी साधान परेको उहाँले बताउनुभयो । ‘विगत ११ महिनामा मोटरसाईकल र स्कुटर गरी ४ हजार ४३६ थान दुई पाग्रे सवारी कारवाहीमा परेको छ’ उहाँले भन्नुभयभो ‘त्यस पछी भने कार–जिप तथा ट्रक–टपिर र अन्य सवारीहरु पनि कारवाहीमा परेका छन ।’

कारवाहीमा परेका दुई पाग्रे सवारीबाट मात्रै ३६ लाख ७२ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको कार्यालयको राजश्व शाखाले जानकारी दिएको छ । उक्त शाखाले दिएको जानकारी अनुसार २ हजार २१६ थान जिप तथा कार कारवाहीमा पर्दा १७ लाख ६६ हजार तथा १ हजार ४७१ थान ट्रक तथा टिपर कारवाहीमा पर्दा १२ लाख ६६ हजार राजश्ज संकलन भएको छ ।

त्यस्तैगरी, अन्य १७ सवारी साधनहरुबाट मात्रै ११ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

कारवाहीमा परेका मध्ये अधिकांशले सवारी साधन चलाउदा आवश्यक कागजात नबोकेको र सवारी चालक अनुमती पत्र बिनै सवारी चालएको तथा केही भने मादक पदार्थ सेवन गरेर सवारी चलाएकाहरु कारवाहीमा परेको पनि कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology