Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो


1.3K
Shares

सुनको भाउ एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो

काठमाण्डौ, ७ असार । सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार नौ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेको थियो । लगातार तीन दिनसम्म स्थिर रहेको सुनको भाउ हिजोदेखि बढ्न थालेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology