Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव


917
Shares

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

काठमाडौं, ३ असार । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।

‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ ।

यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गर्नुभएको थियो । प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology