काठमाडौं, ३ असार । पश्चिम बंगालको दार्जिलिस्थित न्यू जलपाइगुडी नजिक मालबाहक रेल र यात्रुबाहक रेल ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ९ बजे रंगापानी स्टेशनमा रोकिएको कञ्चनजंगा एक्सप्रेसको यात्रुवाहक रेललाई मालवाहक रेलले ठक्कर दिएको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार मालवाहक रेलको ठक्कबारट यात्रुवाहक रेलका तीनवटा भन्दा बढी डिब्बा ट्र्याकबाट बाहिर उछिट्टिएका छन् ।
गार्ड बोगी, एसएलआर बोगी र जनरल बोगी ट्र्याकबाट उछिट्टिएको छ ।
बिबिसीका अनुसार ८ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री ममता बनर्जी लगायतले घटनाप्रति दुस्ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका छन् ।
दुर्घटनापछि भारतका रेल मन्त्री अश्विनी वैश्णव रंगापानी गएका छन् । मन्त्री वैश्णवले मृतकका परिवारलाई १० लाख रूपैयाँ दिने घोषणा गरेका छन् । त्यस्तै गम्भीर घाइते भएकालाई उपचारका लागि प्रतिव्यक्ति साढे २ लाख रूपैयाँ र सामान्य घाइते भएकाहरुलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।