Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अवैध लागूऔषधसहित गोरखा पालुङटारकी कुमाल राजधानीबाट पक्राउ


2.5K
Shares

अवैध लागूऔषधसहित गोरखा पालुङटारकी कुमाल राजधानीबाट पक्राउ

गोरखा, २ असार । अवैध लागूऔषधसहित गोरखा पालुङटारकी १ जना युवती राजधानीबाट पक्राउ परेकी छिन् । पक्राउ परेकी युवती पालुङटार नगरपालिका–५ बोहोरा टारकी बिनिता कुमाल भएको पुष्टी भएको छ ।

उनलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कविता फार्मेसीबाट पक्राउ गरेको हो ।

फार्मेसी सञ्चालक समेत रहेकी उनको औषधि पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६५० क्याप्सुलसहित शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रभाग गोंगबुले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology