Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बूढीगण्डकी बनाउन विश्वप्रकाशले संसदमा सुनाए जीडीपी अवधारणा


2.2K
Shares

बूढीगण्डकी बनाउन विश्वप्रकाशले संसदमा सुनाए जीडीपी अवधारणा

काठमाडौं,२ असार । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संसदमा नयाँ प्रस्ताव अघि सारेका छन् ।

मन्त्रालयगत छलफलका क्रममा उर्जा मन्त्रालयका छलफलमा सहभागी हुँदै महामन्त्री शर्माले सरकार जी, डायस्पोरा डी र निजी क्षेत्र पी को सरकार्यको अवधारणा अघि सारेका हुन् । सरकारले आफैं बनाउने घोषणा गरे अनुसार कम्तिमा आठ वर्ष आयोजना बन्न लाग्ने र त्यसका लागि हरेक वर्ष अर्बौं रकम लगानी गर्नुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

‘सरकार, डायस्पोरा र निजी क्षेत्र । बुढीगण्डकी आयोजना बनाउन विभिन्न विकल्पहरु आएका छन् । मलाई यो उपयुक्त लाग्यो,’ महामन्त्री शर्माले भन्नुभयो,‘नेपालको समुन्नतिका लागि संसार भरका नेपालीहरु एक हौं भन्ने भावना जरुरी छ ।’ न्यूनतम हजार डलर देखि अधिकतम् २५ हजार डलरसम्म लगानी गर्ने गरी विदेशमा रहेका नेपालीलाई आयोजनामा सहभागी गराउन सकिने उहाँले सुनाउनुभयो।

१२ सय मेघावाटको आयोजना बुढीगण्डकी आयोजना बनाउने लागत तिन खर्ब ९८ अर्ब लाग्ने आकलन गरिएको छ । सरकारले उक्त आयोजनालाई विदेशी कम्पनीलाई दिने निर्णय रद्द गरेर आफैं बनाउने निर्णय गरेको थियो ।

वर्तमान अर्थतन्त्रको क्षमता अनुसार ४ खर्ब एउटा आयोजनामा कसरी खन्याउन सकिन्छ भन्ने प्रश्न रहेको उहाँले सुनाउनुभयो । ‘ऋणमा बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएको छ । त्यसलाई तिर्नका लागि हामीसँग पैसा छैन,’ शर्माले भन्नुभयो । संकटको बेला सरकारले आयोजना निर्माण गर्न सके नागरिकमा मनोबल भने बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology