Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


1.6K
Shares

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २ असार । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology