Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जेसिजद्वारा विश्व रक्तदाता दिवशको अवशरमा गोरखाका ३ जना सम्मानित


1.9K
Shares

गोरखा जेसिजद्वारा विश्व रक्तदाता दिवशको अवशरमा गोरखाका ३ जना सम्मानित

गोरखा, ३२ जेठ । गोरखा जेसिजले बढी रक्तदान गर्ने ब्यक्तिलाई आज विशेष कार्यक्रम गरी सम्मानित गरेको छ । २१औं विश्व रक्तदाता दिवशको अवसरमा गोरखा अस्पतालमा उनीहरुलाई सम्मान गरीएको महासविच सुजित श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुका सुरुवात दैनिकका सञ्चालक यमबहादुर बसेल, ओम बिराज डेन्टलका सञ्चालक सञ्जयकुमार अधिकारी र टेलर ब्यवसायी बिकासबावु परियार रहेको गोरखा जेसिजका अध्यक्ष अश्विन ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार गोरखामा ब्लड बैंक स्थापना भएपछीको रेकर्डलाई आधार बनाएर उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित ब्यक्तिहरुलाई सम्मान–पत्र र दोसल्लाह ओडाएर सम्मान गरिएको थियो ।

तिनै जनालाई गोरखा नगरपालिकाका पूर्व नगर प्रमुख राजनराज पन्तले सम्मान गरेको गोरखा जेसिजले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पन्तले यस्ता कार्यक्रमले भोली पनि रक्तदाताहरुलाई रक्तदान गर्न प्रोत्साहित गर्ने भएकोले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

गोरखा अस्पतालको प्राङगणमा भएको कार्यक्रममा गोरखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ, मेडिकल सुपरिटेन्डेण्ट डा.सिदार्थ खनाल र रक्त शाखाका प्रमुख रुस्का केसी बस्नेतले कार्यक्रममा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा गोरखा जेसिजक पूर्व अध्यक्षहरुका साथै पदाधिकारी तथा सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology