Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गण्डकीमा फ्लोर क्रसु गरेका देवकोटा बने उर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा


1.4K
Shares

गण्डकीमा फ्लोर क्रसु गरेका देवकोटा बने उर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा माओवादीको ुफ्लोर क्रसु गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गण्डकीमा ुफ्लोर क्रसु गरेका देवकोटा बने उर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

स्वतन्त्र सांसद राजीव गुरूङ दीपक मनाङे छैटौंपल्ट मन्त्री बन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका छन् । दुवै मन्त्रीले मंगलबार शपथ ग्रहण गरे । उनीहरूलाई प्रदश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराउनुभयो ।

माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटाले सोमबार ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य उनी माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका थिए ।

विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ । यसअघि कांग्रेसका टकराज गुरूङ आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार दिउँसो ३ बजे संसदमा प्रस्तुत हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology