Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नयाँ ट्रयाक खोल्न लागे पछी उत्तरी गोरखाको न्याउली खोला सडक साता दिनको लागि बन्द


1.3K
Shares

नयाँ ट्रयाक खोल्न लागे पछी उत्तरी गोरखाको न्याउली खोला सडक साता दिनको लागि बन्द
गोरखा, २८ जेठ । उत्तरी गोरखा जाने बेनीघाट–आरुघाट–आरर्खेत–लार्के सडक अन्तरर्गतको न्याली खोला सडक भोलीदेखी साता दिनको लागि बन्द हुने भएको छ ।
पहरा फुटाएर नयाँ ट्रयाक खोल्नुपर्ने भन्दै जेठ २९ गतेदेखी असार ३ गतेसम्म उक्त खण्डको सडक बाटो बन्द हुने भन्दै धार्चे गाउँपालिकाले आज सूचना जारी गरेको हो ।
जारी सूचनामा ‘बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक अन्तरर्गत यस गाउँपालिकाको वडा नं. ७ स्थित न्याउली खोलाभन्दा २०० मिटर दक्षिण तर्फको पहरा फुटाई नयाँ ट्रयाक सहित बाटो निमाणै गर्ने भएकोले मिति २०८१–०२–२९ गतेदेखी २०८१–०३–०३ गतेसम्म’ बन्द हुने भनिएको छ ।
उक्त समयमा ‘बिहान ६ बजेदेखी बेलुका ८ बजेसम्म बाटो बन्द रहने हुँदा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ भनिएको छ ।
कामका सन्दर्भमा अत्यावश्यक सेवाको सवारी साधानहरुलाई भने आवश्यकतानुसार आवतजावत खुल्ला गरिने पनि सूचनामा भनिएको छ ।
बाटो बन्द हुदा सर्व साधारणलाई पर्न जाने असुविधा प्रति पालिकाले क्षमा प्रार्थी छौ समेत भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology