Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै


1.1K
Shares

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

काठमाडौं,२८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्किँदै छन् ।

प्रधानमन्त्रीसहितको नेपाली टोली आज अपराह्न साढे ४ बजे नेपाल एयरलाइन्समार्फत स्वदेश फर्किन लागेको हो ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्रीसहितको टोली आइतबार दिउँसो नयाँदिल्ली गएको थियो । टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहाललगायत सहभागी छन् ।

आइतबार साँझ मोदीले आफ्नो तेस्रो कार्यकालको शपथ लिएका थिए । शपथ समारोहमा नेपालसहित सार्क मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology