Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको १४ किलोमा सडक दुर्घटना : २ जना पुरुष गंभिर घाईते


9.5K
Shares

गोरखाको १४ किलोमा सडक दुर्घटना : २ जना पुरुष गंभिर घाईते

गोरखा, २६ जेठ । गोरखा–आँबुखैरेनी रोड अन्तरर्गतको १४ किलोमा सडक दुर्घटना भएको छ । दुर्घटनामा परी पहिचान खुल्न नसकेका २ जना पुरुष गंभिर घाईते भएका छन् । दुवै जनाको गोरखा अस्पतालमा उपचार भई रहेको छ ।

गोरखा बजारबाट १२ किलो तर्फ जादै गरेको बोलेरो जिप र विपरीत दिशाबाट आउदै गरेको स्कुटर एक आपसमा ठोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्राप्त विवरण अनुसार प्रदेश ३–०१–०२३ च ५७१७ नम्बरको बोलेरो जिप र ग २३ प ७१४ नम्बरको स्कुटर ठोकिदा स्कुटरमा सवार दुवै जना गंभिर घाईते भएका हुन् । उनीहरु दुवैको नाम खुल्न सकेको छैन । दुवै जनाको टाउकोमा चोट लागेको छ । दुर्घटना दिउो १ बजे भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology