काठमाडौं, २४ जेठ । बाल यौन दुरूपयोग आरोपमा प्रहरीले एक जना प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार शिवाकोटीमाथि बाल यौन दुरूपयोगको आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।