Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य बढेकोबढ्यै, पुग्यो डेढ लाख नजिक


931
Shares

सुनको मूल्य बढेकोबढ्यै, पुग्यो डेढ लाख नजिक

काठमाडौ, २४ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भइरहेको छ ।

यसअघि गत जेठ २२ गते मंगलबार प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो भने आज त्यो भन्दा पनि बढी पुगेको हो ।

आज सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको छ। यो मूल्य मंगलबार भन्दा प्रतितोला एक हजार तीन सय रुपैयाँले बढी हो । आज तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology