Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

विश्व वातावरण दिवशमा विद्यार्थीले गरे र्याली


2.2K
Shares

विश्व वातावरण दिवशमा विद्यार्थीले गरे र्याली

गोरखा, २४ जेठ । ५२औ विश्व वातावरण दिवसको अवसरमा गोरखा सदरमुकामको एक बिद्यालयका बिद्यार्थीहरुले र्याली सम्पन्न गरेको छ । गोरखा नगरपालिका–६ को मोडर्न ईङ्लिस बोर्डिङ स्कूल र गोरखा ईङ्लिस बोर्डिङ स्कूलका बिद्यार्थीहरु सचेतना मुलक र्याली सम्पन्न गरेको हो ।

बिद्यार्थीहरुको र्यालीले कालिमाटी बजारदेखी शक्तिचोक, पुरानो बसपार्क, रानि पोखरी, ठुलो आँगन, हस्पिटल चोक हुदै पनि बिद्यालय परिषरमा आएर समापन गरेको प्रिन्सीपल सिताराम तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार र्याली गरिएका स्थानहरुमा बिद्यार्थीहरुले सरसफाई समेत गरेका थिए । बिद्यार्थीहरुको उक्त समूहले जनचेतनामुलक प्रभावफेरी सकेर विद्यालय परिसरमा बृक्षा रोपण समेत गरेका थिए ।

विद्यार्थीहरूले हाम्रो भुमी हाम्रो भविष्य, पृथ्वी जोगाउ जीवन बचाउ, बोटविरुवा रोपौ हरियाली बढाऔ, घर आगन बाटो, पानी पधेरा सफा राखौ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology