गोरखा, २४ जेठ । गोरखाको पालुङटार नगरपालिकामा दुना टपरी बनाउने उद्योग सञ्चालनमा आउने भएको छ । नगरपालिकाको वडा नम्बर –३ डुम्रीडाँडामा रहेका बेरोजगार महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले उद्योग सञ्चालन गर्ने लागेको पालुङटार नगरपालिकाका मेयर बिबस चिन्तनले जानकारी दिनुभयो ।
वडाले १ महिना अगाबै तीन वटा महिला सञ्जालहरू मध्येबाट २० जना उद्यमी महिलाको छनोट गरी पाँच दिनसम्म दुना टपरी बनाउने तालिम समेत प्रदान गरेको उहाँले बताउनुभयो ।
महिला उद्यमीले उत्पादन गरेको दुना टपरीको बजार ब्यबस्थापन नगरपालिकाले नै गर्ने भएको मेयर चिन्तनले बताउनुभयो ।
वडा कार्यलयले अहिले ३ वटा मेसिन खरिद गरेर वडा कार्यालय नजिकै रहेको पुरानो विद्यालयमा राखेर सञ्चालन गर्ने गरेको वडा न ३ का वडा अध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । दुना टपरीको मूल्य भने वडा कार्यालयले निर्धारण गर्ने उहँले बताउनुभयो ।