Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा पदबाट राजीनामा


2.1K
Shares

भारतीय प्रधानमन्त्री मोदीद्वारा पदबाट राजीनामा

एजेन्सी, २३ जेठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हार र जित राजनीतिको हिस्सा भएको बताउनुभएको छ । मन्त्रिपरिषद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको अङ्कगणित चलिरहने भएकाले हार र जित राजनीतिको हिस्सा भएको बताउनुभएको हो । दश वर्षमा आफूले धेरै राम्रा कामहरू गरेको दाबी गर्दै उहाँले सत्ता सङ्गठन जनताको भावनाअनुसार चल्ने गरेको बताउनुभयो । उहाँले मन्त्रीहरूलाई मेहनतका साथ राम्रा कामहरू गरेको भन्दै बधाई तथा शुभकामना पनि दिनुभयो । बैठकलगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रपति निवास पुगेर राष्ट्रपति द्रोपदी मुर्मूलाई राजीनामा पत्र बुझाउनुभएको थियो । राष्ट्रपति मुर्मूले अर्को सरकार नबनेसम्म पदमा रहिरहन आग्रह गर्नुभएको छ । भारतमा सात चरणमा गरेर भएको लोकसभा चुनावको अन्तिम नतिजा अनुसार भारतीय जनता पार्टी भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ र इन्डिया गठबन्धनले २३४ सिट प्राप्त गरेका छन् । जसमा भाजपा सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपा यस पटक २४० सिटमा समेटिएर एकल बहुमत गुमाएको छ । भाजपा एक्लै बहुमतबाट चुकेपनि भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology