Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

विद्युतीय अपराधमा पक्राउ गरेका गोरखा मनध्वज कारागार चलान


840
Shares

विद्युतीय अपराधमा पक्राउ गरेका गोरखा मनध्वज कारागार चलान

गोरखा, २३ जेठ । बारपाक सुलिकोट गाउँपालिका–२ को बारपाक निवासी मनध्वज भन्ने अविनास घलेलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

घलेले ‘आ कुमारी’ नाम परिवर्तनकी २३ बर्षिया महिलाको फेक फेसबुक अकाउन्ट बनाएर अश्लिल भिडियो र तस्बिर राखी बेईज्ज गरेको भन्दै गोरखा प्रहरीले पक्राउ गरी मुद्वा चलाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पिडित मार्फत किटानी जाहेरी परे लगत्तै गोरखा प्रहरीले घलेलाई बैशाख २८ गते पक्राउ गरी ३० गते बिद्युतीय कारोबार ऐन, २०६३ अन्तरर्गत मुद्वा दर्ता गराएको थियो ।

प्रहरीले लामो अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयको राय सहित जेठ २२ गते मंगलबार गोरखा जिल्ला अदालत पेश गर्दा पुर्पक्षका लागि कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology