काठमाडौं, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिभीआइपी र भिआइपीहरूलाई आग्रह गर्नुएको छ । बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा जनताले दुस्ख पाइएको बताउनुभयो ।
‘सम्माननीय र माननीयज्यूहरूलाई मेरो अनुरोध छ, नागढुंगादेखि बिना सुरक्षा र तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गरिदिनुस्,’ उहाँले भन्नुभयो, ‘त्यहाँ जनताको समस्या देखिनेछ ।’
नागढुंगा ( गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
सांसद लामाले नागढुंगा(गल्छी सडकको विकल्पमा रहेको धार्के(भीमढुंगा(काठमाडौं सडक कालोपत्र गर्न पनि आग्रह गर्नुभएको छ । ‘यो सडकमा चार सय मिटर कालोपत्र गर्न बाँकी छ, कालोपत्र गरेर साना सवारी त्यो सडकबाट पठाउने गरौं,’ उहाँले भन्नुभयो ।