Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

लागू औषध सहित गोरखा नगरपालिकामा एक जना पक्राउ


1.8K
Shares

लागू औषध सहित गोरखा नगरपालिकामा एक जना पक्राउ

गोरखा,२३ जेठ ।  गोरखा प्रहरीले गोरखा नगरपालिका क्षेत्र भित्र लागू औषध बोकि हिडेको अवस्थामा १ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रण्मा लिएका ब्यक्ति गोरखा नगरपालिका–१४ का आनन्द तामाङ भएको पुष्टी भएको छ ।

तामाङलाई जेठ २२ गते मंगलबार दिउसो १ः१५ बजेको समयमा गोरखा नगरपालिका–१४ को जुम्लाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तामाङबाट बरामद भएको टर्माडोल क्याप्सुल

उनका अनुसार मझुवादेउरालीबाट गस्तीमा गएको प्रहरीलाई देखी शंकास्पद गतिविधी गरेपछी तामाङलाई नियन्त्रणमा लिएर शरिर खानतलासी गर्दा उहाँको साथबाट टरमाडोल नाम गरेको औषधी ९ पत्ता ९० चक्की फेला परेको थियो ।

तामाङलाई मंगलबार नै लागू औषध शिर्षक मुद्वा दर्तागरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology