Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखानाथ मन्दिरमा  २१औं सवालाख रोट महोत्सव सम्पन्न


1.4K
Shares

गोरखानाथ मन्दिरमा  २१औं सवालाख रोट महोत्सव सम्पन्न

गोरखा, २१ जेठ । गोरखाको गोरखनाथमा भएको २१औं सवालाख रोट महोत्सव आज सम्पन्न भएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा भएको रोट महोत्सवको आज समापन गरिएको हो ।

जेठ १० गतेदेखी सञ्चालित रोट महोत्सवमा गुरु गोरखनाथलाई १ लाख ६७ हजार ९६५ वटा ताईरोट अर्पण भएको शक्ति केन्द्रका रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ दिनसम्म सञ्चालनमा आएको महोत्सवमा देश विभिन्न भागबाट श्रद्वालु भत्तजनहरुको सहभागीता रहेको थियो ।

उत्साहजन रुपमा सम्पन्न भएको रोट महोत्सवमा ५० हजारभन्दा बढी भक्तजनहरुको सहभागीता रहेको सिद्वाश्रम शक्ति केन्द्र नेपालले जनाएको छ ।

केन्द्रले आज गोरखा दरर्बार परिषरमा समापन कार्यक्रम गर्दै जेठ १० गते र्यालीमा सहभागीता जनाउने संघ संस्थाहरुलाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो । महोत्सव अवधिभर २५ लाखभन्दा बढी खर्च भएको पनि आयोजक सिद्वाश्रम शक्ति केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology