Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बजेटमाथिको छलफल वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी


1.4K
Shares

बजेटमाथिको छलफल वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी

काठमाडौं,२१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् ।

प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा कुनै परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो ।

म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’

सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताउनुभयो । गत वर्ष बजेटको सिलिङ नै घटाइएको जान्दा जान्दै आगामी आर्थिक वर्षका लागि कढाउनु आफैंमा नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology