Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनचाँदीको मूल्य घट्यो


1.4K
Shares

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २१ जेठ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology