Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

रुखको हाँगा भाँचिएर लाग्दा गोरखामा एक जनाको मृत्यु


4.2K
Shares

रुखको हाँगा भाँचिएर लाग्दा गोरखामा एक जनाको मृत्यु

गोरखा, १९ जेठ । बिहीबार साँझ गोरखामा आएको हावाहुरीले रुखको हाँगा भाचिएर लागेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुने ब्यक्ति शहिदलखन गाउँपालिका–४ ताक्लुङका ५० बर्षिय गिरबहादुर राना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ १७ गते बिहीबार साँझ ६ बजे अचानक आएको हावाहुरीले बाटोमा रहेको समीका रुखको हाँगा भाचिएर रानालाई लाग्दा गंभिर घाईते भएका थिए । घाईते रानाको उपचारको क्रममा आज मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएनुभयो ।

घाईते भएका रानालाई तत्कालै उद्वार गरी उपचारको लागि पुरानो चितवन मेडिकल कलेज लगिएको थियो । घाईते रानाको आज बिहान उपचारकै क्रममा १० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology