पोखरा, १७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकै दुई मन्त्रीले पनि शपथ खाएका छन् । पाण्डेले कास्कीका विन्दुकुमार थापा र लमजुङका डाक्टर टकराज गुरुङलाई मन्त्री बनाएका हुन् । थापाले उर्जा, खानेपानी तथा सामाजिक विकास र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सर्वोच्चले सोमबार ४८ घण्टाभित्र गण्डकीमा संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो । उपधारा ९३० मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार सुरेन्द्रराज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । अघिल्लो वर्ष वैशाख १४ गते पाण्डे कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंद र राजीव गुरुङ ९दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सत्ता समीकरणमा फेरबदल आएपछि माओवादी केन्द्रले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । विश्वासको मत नपाउने निश्चित भएपछि पाण्डे गत चैत २१ मा प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए ।
चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका सभामुखसहित ८ र दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । दोस्रोपटक मुख्यमन्त्री बनेका खगराजले वैशाख २४ गते विश्वासको मत लिएका थिए ।
सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थन पाएका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । उक्त कदमविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै उपधारा ३ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेसँगै पाण्डे दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
पाण्डेले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । तर, विश्वासको मत लिन त्यति सहज छैन । राप्रपाले मात्रै समर्थन दिएर पुग्दैन । नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ दीपक मनाङे सँगै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि विश्वासको मत दिनुपर्छ ।
नभए उपाधारा ५ अनुसार सरकार गठन हुनेछ । रिस्कबढी हुने भएकाले उपधारमा ९५० मा जान नदिने पाण्डेले बताए । सबै दलसँग सहकार्य गरेर विश्वासको मत लिने उनको भनाइ छ ।