Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रुस–युक्रेन युद्धमा अस्ताए ३९ नेपाली


966
Shares

रुस–युक्रेन युद्धमा अस्ताए ३९ नेपाली

काठमाडौं, ११ जेठ । रुस–युक्रेन युद्ध चर्किरहेकैबेला गत मंसिरमा कञ्चनपुर वेदकोट–९ का एकै घरका २ भाइ रुसी सेनामा भर्ना हुन गए । एजेन्टको सहयोगमा दाइ विराजन र भाइ निराजन विष्ट नेपालबाट–दुबई हुँदै–रुस पुगे ।

रुसी सेनामा भर्ती भएपछि दुवैलाई युक्रेनको युद्धग्रस्त क्षेत्रमा खटाइयो । त्यहीक्रममा २२ वैशाखमा बंकरभित्र बम विस्फोटमा परेर दाइ विराजनको मृत्यु भयो । विराजनले भाइलाई बाहिर बस्न अह्राएर आफू बंकरभित्र छिरेका थिए । आँखैअगाडि दाइको मृत्यु भएपछि भाइ निराजनले नै मृत्युको खबर घर पठाएका थिए ।

मृत्युको पुष्टि भएपछि गत वैशाख २७ गते परिवारले नै कुशको शव बनाएर उनको अन्त्येष्टि गरे । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार विहान विराजनको दाहसंस्कार गरे । परिवार अहिले काजकिरिया गरिरहेको छ ।

रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे पनि गत पुसमा रुस–युक्रेन युद्धमै मारिए । असोजमा रुस पुगेका पदम मंसिरदेखि युक्रेनको युद्धग्रस्त क्षेत्रबाट हराइरहेका थिए । युद्ध क्षेत्रमा जानुअघि उनले श्रीमतीलाई फोनमा भनेका थिए, ‘रूस–युक्रेनबीच युद्ध भइरहेको छ, त्यहाँ हामीलाई लड्न पठाइँदैछ । त्यहाँ मर्ने बाँच्ने टुंगो हुँदैन ।

त्यसपछि घिमिरे सम्पर्कविहीन भए । त्यसको ४ महिनापछि श्रीमती टिनालाई श्रीमानको मृत्यु भइसकेको खबर आयो । सरकारले १ चैतमा १ गते पदमसहित ७ जनाको नाम सार्वजनिक गर्दै मृत्यु पुष्टि गरेको थियो ।

रसुवाका ३७ वर्षीय सुन्दर मोक्तान परिवारलाई थाहा नदिइ रुसी सेनामा भर्ना भए । ठेक्कापट्टाको काम गर्दै आएका उनी रुसी सेनामा भर्ती भइसकेको खबर परिवारले धेरैपछिमात्रै थाहा पायो । भदौमा रुस पुगेका सुन्दर श्रीमती पातली थिङसँग भने नियमित संवादमै थिए । ‘यहाँ आएपछि फर्कन मिल्दैन, छोराछोरीलाई राम्रोसँग हेर्नू भन्नुहुन्थ्यो’, सुन्दरसँगको अन्तिम फोन संवाद सम्झिँदै थिङ भन्छिन् ।

मंसिरको अन्तिम सातापछि पातलीको श्रीमानसँग सम्पर्क टुट्यो । त्यसको २ महिना पछिमात्र ५ माघमा सुन्दरकै एकजना साथीले उनको मृत्यु भएको खबर पठाए । उनले सुन्दरको शवको फोटो र अस्पतालले दिएको मृत्युको प्रमाणपत्र परिवारलाई पठाएका थिए ।

मृत्युको खबर आएपछि परिवार शवको पर्खाइमा बस्यो । सुरुमा शव नबुझेसम्म काजकिरिया नगर्ने परिवारको अडान थियो । तर शव पाउने कुनै सम्भावना नदेखेपछि अन्ततः शवबिनै परिवारले आफ्नो धार्मिक संस्कार अनुसार काजकिरिया गरे । सरकारले भने ०८० चैतमा मात्र उनको मृत्युको खबर पुष्टि गरेको थियो ।

रुसी सेनामा भर्ना भएका नेपालीहरु मृत्यु भएको खबर दिनहुँजसो आइरहेका छन् । सरकारसँग आधिकारिक तथ्यांक नभए पनि संगठित मानव तस्करीको आडमा ठूलो संख्यामा नेपालीहरु रुसी भर्ना भएको देखिन्छ ।

सरकारी तथ्यांकमा २२ जनाको मात्रै मृत्यु

परराष्ट्र मन्त्रालयले मात्र हालसम्म रुसी सेनामा भर्ना भएका २२ जना नेपालीको मृत्यु भएको कुरा पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसस्थित नेपाली दूतावासबाट प्राप्त खबर अनुसार र कतिपय पारिवारिक स्रोतबाट गरी मृत्युको पुष्टि गरिएको जानकारी दिए ।

प्रवक्ता गुरुङ भन्छन्, ‘रुसबाट आएका नामहरुमात्र सार्वजनिक गरेका छौं । केहीचाहिँ परिवारिक स्रोतलाई आधार मानेर मृत्यु भनेर पुष्टि गरेका छौं । यद्यपि यो संख्या अझै बढी हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology