Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मगर संघको राष्ट्रिय सम्मेलनको तयारी पुरा, प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने


1.1K
Shares

मगर संघको राष्ट्रिय सम्मेलनको तयारी पुरा, प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने

गोरखा, १० जेठ । नेपाल मगर संघको गोरखा सदरमुकाममा हुने कार्यक्रमको सबै तयारी पुरा भएको छ । संघले आज गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा सामान्य काम बाहेकका सबै काम सम्पन्न भएको केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभयो ।

सदरमुकामको गोरखा संग्रालय परिषरमा जेठ १२ र १३ गते सम्मेलन हुन लागेको हो । ‘आर्थिक समृद्वि र राजनैतिक सशक्तिकरणसहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान १ मगरात सभ्यताको दस्तावेजीकरण र मगरात दर्शन निर्माणको पक्षमा २८औं राष्ट्रिय सम्मेलन११’ सहित गोरखामा दोस्रो पटक सम्मेलन हुन लागेको हो । यस अघि संघले ०५३ साल फागुनमा संघले आफ्नो १५औं राष्ट्रिय सम्मेलन बुंकोटमा सम्पन्न गरेको थियो ।

सम्मेलनमा मगरात सभ्यतासहितको समृद्व मगर समाज निर्माण गर्ने संकल्पसंगै प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गराउन राज्यको ध्यानाकर्षण गराउने, संस्कृती नीति र भाषा आयोगले सिफारीस गरे बमोजिम फरक प्रदेशहरुमा भाषाको प्रयोग सम्वन्धी बृहत छलफल हुने अध्यक्ष पुनमगरले पत्रकार सम्मेलनमा बताउनुभयो ।

सम्मेलनमा सहभागीहरु भोली साँझदेखी नै आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा सहभागी हुने करिब ७०० जनाको लागि आवासको ब्यवस्था भईसकेको पनि संघले जानकारी दिएको छ ।

७ प्रदेश, ८ भातृ संगठन, १५ भन्दा बढी बैदेशिक शाखा र ७७ जिल्लाबाट उक्त संख्यामा सहभागीहरु गोरखा सदरमुकाम आउने छन् । यसले गोरखाको पर्यटनमा समेत टेवा पुग्ने विश्वास मगर संघले लिएको छ ।

१२ गतेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानामगरको समेत सहभागीता हुने आयोजक संघले जानकारी दिएको छ ।

उनीहरु १२ गते शनिबार बिहान किमाथान्कामा हुने कार्यक्रम सकेर दिउसो २ बजे गोरखा सदरमुकाम आउने कायक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology