Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दश महिनामा मनास्लु पदमार्गमा करिब १० हजार बिदेशी पर्यटक


1.8K
Shares

दश महिनामा मनास्लु पदमार्गमा करिब १० हजार बिदेशी पर्यटक

गोरखा, ८ जेठ । मनास्लु पदमार्गमा गएको दश महिनामा करिब १० हजार बिदेशी पर्यटक घुम्न आएका छन् । यस पदमार्गमा २०८० साल साउन महिनादेखी २०८१ साल बैशाख महिनासम्ममा ९ हजार ६३० जना विदेशी पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवन ओझाले जानकारी दिनुभयो ।

मनास्लु पदमार्गमा घुम्न पुगेका मध्ये विदेशी पर्यटकहरुबाट २ करोड ५२ लाख ८७ हजार १०५ रुपैयाँ राजश्व समेत प्राप्त भएको सूचना अधिकारी ओझाले बताउनुभयो ।

यो बर्ष मनास्लु पदमार्गमा घुम्न जानेको संख्या १० हजार माथि पुग्ने अनुमान मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयले गरेको छ । जेठको १५ पछी नगन्य मात्रमा मात्र बिदेशी पर्यटकहरु आउने कारण यो १५ दिनमा ४०० पर्यटकहरु आउन सक्ने अनुमान गरिएको हो ।

यो बर्षको १० महिनामा उक्त मार्गमा सबैभन्दा धेरै पुरुष पर्यटक पुगेका छन् । उक्त पदमार्गमा यो अवधिमा ५ हजार ५४१ जना पुरुष, ४ हजार ८५ जना महिला र ४ जना तेस्रो लिंगी भएको कार्यालयको तथ्यांकमा रहेको सूचना अधिकारी ओझाले जानकारी दिनुभयो ।

सोही अवधिमा सार्क राष्ट्रका १३७ जना पुरुष र ५९ जना महिला गरी कुल १९६ र तेस्रो देशका ५ हजार ४०४ जना पुरुष र ४ हजार २६ जना महिला तथा ४ जना तेस्रो लिंगीले मनास्लु पदमार्गको भ्रमण गरेका छन् ।

मनास्लु पदमार्गमा विश्वको आठौं अग्लो ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल नागो आखाले देख्न सकिन्छ । विश्वमाझ किलर माउन्टेनको नामले परिचित उक्त हिमालका साथै मनोरम पहाडका दृष्य, काल कल्छुमन ताल, श्रृंगी हिमाल, प्राकृतिक बन्य जन्तुको अवलोक, ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरु, बिरेन्द्र तालकासाथै गोरखाबाट मनाङको एक्याप जाने गर्दछ ।

त्यसका साथै बिदेशी पर्यटकहरुले उत्तरी गोरखामा बसोबास गर्ने चुम्पा जातीको रीतिरिवाज अध्ययन र अवलोकनका लागि पनि उक्त क्षेत्रको भ्रमण गर्ने गर्दछन् । सोही क्षेत्रमा १०० बर्ष पुरानो ‘अहिंसा क्षेत्र’ रहेको चुम भ्यालीको अवलोक समेत गर्ने गर्दछन् ।

सो क्षेत्रमा पुग्नेहरुले चौरी, झोपा, झारल, घोरलका साथै डाँफे र मुनाल सहजै देख्न पाउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology