Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मुग्लिनमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, २ जनाको अवस्था गम्भीर


4.7K
Shares

मुग्लिनमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, २ जनाको अवस्था गम्भीर

मुग्लिन, ८ जेठ । आज बिहान मुग्लिनमा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौंतर्फ जादै गरेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते मघ्य २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र १ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

माइक्रोबसले ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका जानकारी दिएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको थियो । अहिले भने राजमार्ग खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology