काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालु प्रचण्डले आज आफूले विश्वासको मत लिँदै गर्दा कांग्रेसले वेल घेरेर गलत गरेको बताएका छन् । सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको बताएका हुन् । यसले आफूलाई दुःखी तुल्याएको पनि उहाँले बताउनुभयो ।
ुतपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,ु उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि बताउनुभयो । ुतपाईंहरू नेपाली कांग्रेसका लागि चर्को पर्नेछ। आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ। कलंकको रूपमा,ु उहाँले भन्नुभयो ।